१२ बैशाख २०८३, शनिबार | April 25, 2026

राप्रपाका जिल्ला अध्यक्षहरुको भेला आजदेखि



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का जिल्ला अध्यक्षहरुको भेला आजदेखि काठमाडौँमा शुरु हुदै छ ।

आज र भोलि धुम्बाराहीस्थित एसआर बैंक्वेटमा हुने जिल्ला अध्यक्षहरुको भेलाको उदघाटन अध्यक्ष राजेन्द्र लिङदेनले कार्यक्रम रहेको छ । भेलामा ७७ वटै जिल्लाका अध्यक्षहरुले आफ्नो जिल्लाको साङ्गठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ । भेलामा पार्टीको समग्र साङ्गठनिक अवस्थाको समिक्षा गर्नुका साथै आगामी रणनीति तय गरिने कार्यसूची रहेको छ ।

भेलामा पार्टी अध्यक्ष लिङ्देनले पार्टीको नीति, विचार, सिद्धान्तलगायत रणनीति र आगामी कार्ययोजनाबारे जिल्ला अध्यक्षहरुलाई ब्रिफिङ गर्नेछन् भने पार्टीका शिर्ष नेताहरुले सङ्गठनका विविध पक्षमा जिल्ला अध्यक्षसँग सामूहिक छलफल गर्ने कार्यक्रम रहेको राप्रपाले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  ९ : ५६ बजे

आज ५७२ सवारी चालकलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

विपद्जन्य घटना : १२ दिनमै २३ जनाको मृत्यु, ७३ जना घाइते

काठमाडौँ । विभिन्न विपद्जन्य घटनामा परेर यो महिनाको १२ दिनमै

विभिन्न जिल्लामा भारी वर्षा, अझै बदली हुने

काठमाडौँ । मौसम बदलीसँगै आज देशका विभिन्न जिल्लामा भारी वर्षा

बुटवलमा सरकारी जग्गामा बनेका संरचना हटाइने, उपमहानगरको सूचनापछि डोजर चल्ने सम्भावना

बुटवल । बुटवल उपमहानगरपालिकाले सरकारी स्वामित्वको जग्गामा निर्माण गरिएका घरटहरा

सुकुमवासी क्षेत्रबाट उद्धार गरिएकाहरुलाई होटल व्यवसायी महासंघले अस्थायी आश्रय दिने

काठमाडौं । सरकारले थापाथली, मनोहरा लगायतका स्थानबाट सुकुमवासीहरुलाई हटाउन थालेसँगै