२४ श्रावण २०८३, आइतबार | August 9, 2026

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि, पदाधिकारी चयन गरिदै



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय पदाधिकारीको टुङ्गो लगाउन केन्द्रीय कमिटीको पूर्ण बैठक आज बस्दै छ ।

पार्टीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारी रिक्त रहेकाले त्यसलाई पूर्णता दिन बैठक आह्वान गरिएको छ । बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंकेटमा मङ्गलबारसम्म बस्ने बताइएको छ ।

पार्टीमा ३४४ सदस्यीय केन्द्रीय रहेकामा २५१ केन्द्रीय सदस्यको शपथ ग्रहण गर्न बाँकी रहेकाले सो बैठकमा उनीहरूलाई शपथ गराएर जिम्मेवारी तोकिनेछ ।

पदाधिकारीका आकाङ्क्षी धेरै भएपछि सातै प्रदेशबाट भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर केन्द्रीय कमिटीको पूर्ण बैठकले पदाधिकारी चयन गर्न मापदण्ड बनाउन लागिएको छ ।

बैठकबाट क्लष्टरका आधारमा केन्द्रीय कमिटीमा नेतालाई व्यवस्थापन गर्ने, युवा, दलित, जनजाति, अल्पसङ्ख्यक, पिछडिएका वर्गलाई पदाधिकारीमा समेट्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : ९ भदौ २०८१, आइतबार  ७ : ३० बजे

विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको संविधानले विविधतामा एकतालाई आत्मसात्

तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले चाँडै मन्त्रिपरिषद् विस्तार

किसुनजी आश्रम पुगेर खड्काले लिए पार्टी एकताको संकल्प

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पार्टीका

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

रसुवा । जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनैपूर्णिमाका दिन

आदिवासी जनजातिको अधिकारको संघर्ष अझ सशक्त बनाउनुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिवासी