३ पुस २०८२, बिहिबार | December 18, 2025

अबिरल वर्षासंगै आएको पहिरोको बुटवल-पाल्पा सडक अवरुद्ध



बुटवल । अबिरल वर्षासंगै आएको पहिरोको सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल-पाल्पा सडक शुक्रबार साँझदेखि अवरुद्ध भएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार पाल्पाको तिनाउ गाउँपालिका-५ केराबारी भन्ने स्थानमा पहिरोले सडक पुरिएपछि पूर्ण रुपमा अवरुद्ध बनेको छ ।

सडक अवरुद्ध हुँदा बुटवलदेखि पाल्पा, पोखरा, स्याङ्जा, गुल्मी लगायतका ठाउँका लागि हिडेका तथा त्यहाँबाट बुटवलतर्फ आउँदै गरेका सवारीहरु बीच बाटोमै अलपत्र परेका छन् ।

शुक्रबार साझ ६ बजेदेखि अवरुद्ध बनेको उक्त सडक शनिबार विहान पहिरो सफा गरेपछि मात्रै खुला हुने बताइएको छ । निरन्तरको वर्षा र रातको समय भएका कारण पहिरो खुलाउन शनिबारसम्म कुर्नुपर्ने अवस्था आएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी पाल्पाको बर्तुङ पोखरा सडक पनि पहिरोले अवरुद्ध भएको छ । बगनासकाली-१ मा पहिरोले बाटो अवरुद्ध भएको हो ।

उता रोल्पा त्रिवेणी गाउँपालिकास्थित सहिद मार्ग पनि पहिरोले पूर्ण रुपमा अवरुद्ध भएको छ । त्यस्तै गुल्मीको छत्रकोट गाउँपालिकाका विभिन्न ठाउँमा पहिरो जाँदा रिडी तम्घास सडक खण्ड पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ९ : ३४ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन