३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

राज्यले दान लिन मिल्दा पार्टीले पनि दान लिन मिल्छ : महासचिव पोखरेल

एमालेले पार्टी कार्यालय बनाउन जग्गा सहयोग लिएको विषय सामान्य



कोहलपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले व्यवसायी मीनबहादुर गुरूङबाट एमालेले पार्टी कार्यालय बनाउन जग्गा सहयोग लिएको विषय सामान्य विषय भएको बताएका छन् । बिहीबार बाँकेको कोहलपुरमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले मीनबहादुर गुरुङसँग जग्गा सहयोग लिँदा कुनै अदृश्य सम्झौता नगरेको दाबी गरे ।

उनले नेपाली कांग्रेले पनि मैयाँदेवी श्रेष्ठले दिएको जग्गामा घर बनाएको र राप्रपाको घर पनि दाताले दिएको चर्चा गर्दै त्यसको कुनै चर्चा हुने नगरेको बताए । राज्यले दान लिन मिल्दा पार्टीले पनि दान लिन मिल्ने तर्क गर्दै महासचिव पोखरेलले पार्टीप्रति आस्था र विश्वास रहेका र कमाएकाले पार्टीलाई दिनु सामान्य विषय भएको बताए । एमालेका पार्टी सदस्यले दिएको सहयोग पनि पार्टी कार्यालयकै काममा खर्च हुने उनले बताए । पार्टी कार्यकर्ताले गरेको सहयोग र दाताले दिएको सहयोग समेत जोडेर एमालेको सुविधा सम्पन्न अत्याधुनिक पार्टी कार्यालय बन्ने पोखरेलको भनाइ छ ।

उनले गुरुङ दम्पत्तिले एमालेलाई पार्टी कार्यालय बनाउने जग्गा दिन इच्छा जाहेर गरेको जनाउँदै उनले पार्टीको सचिवालयको बैठकले जग्गा सहयोग स्वीकार गर्ने निर्णय गरेको जानकारी दिए ।

महासचिव पोखरेलले गुरुङ जोडिएको ललिता निवास प्रकरणसँग एमालेले लिएको कीर्तिपुरको जग्गाको कुनै साइनो नभएको स्पष्ट पार्दै एमालेलाई कमजोर बनाउन चाहिने तत्त्वले जग्गा सहयोग लिएको विषयलाई अनावश्यक रूपमा गलत प्रचार गरेको जिकिर गरे ।

महासचिव पोखरेलले एमाले र कांग्रेसको उच्च नेतृत्वमा समझदारी हुँदासम्म सरकारमा कुनै समस्या नआउने बताए । एउटा निश्चित उद्देश्यका लागि वर्तमान सरकार बनेकाले कसैले चाहँदैमा सरकारमा समस्या नआउने उनको धारणा छ ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार  ४ : ३२ बजे

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा

युवाले सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा

अदालतको निर्णयले पार्टी टुक्रियो, अब एकता नै विकल्प : शशांक कोइराला

विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेस

लुम्बिनी प्रदेशको बजेट भोलि प्रस्तुत हुँदै, कृषि, रोजगारी र पूर्वाधारमा जोड

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर, सयभन्दा बढी लाभान्वित

काठमाडौं । नेपालस्थित पाकिस्तान दूतावास र पाकिस्तान नेपाल एलुम्नाइ नेटवर्क