४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

विपक्षी दलहरुको साझा निस्कर्ष : ओली सरकार असफल

५ गते सरकारलाई ज्ञापनपत्र बुझाउने



काठमाडौँ । संसदमा रहेका विपक्षी दलको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएको निस्कर्ष निकालेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको बैठकले सरकार जनतालाई सेवा दिन र सुशासन कायम गर्न असफल भएको निस्कर्ष निकालेको हो ।

बैठकमा नेताहरुले बाढी पहिरो पीडितको राहत र उद्धारको सवालमा सरकारको भूमिका गैरजिम्मेवार देखिएको, सुशासन कायम गर्न नसकेको, भ्रष्टाचार झन मौलाएको, विपक्षी दलहरुलाई फुटाउन अध्यादेश ल्याउन षड्यन्त्र गरेको विषयमा बोलेका थिए । सरकार पार्टीगत र निहीत स्वार्थलाई प्राथमिकता राखेको महसुस भएको बैठकपछि माओवादी नेता शक्ति बस्नेतले बताए ।

उनीहरुको सरकारको गैरजिम्मेवार कदम विरुद्ध प्रतिवाद गर्ने साझा समझदारी गरेका छन् ।

बैठकले कात्तिक ५ गते सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । पछिल्लो राजनीतिक घटनाक्रम र बाढीपहिरो लगायत जनसरोकारका विषयमा विभिन्न सुझाव संकलन गरेर सरकारलाई ज्ञापन पत्र बुझाउने निर्णय भएको बैठकपछि माओवादी नेता बस्नेतले जानकारी दिए ।

बैठकमा नेकपा (माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रापा), नेकपा (एकीकृत समाजवादी), आम जनता पार्टी (आजपा)का शीर्ष नेताहरुको सहभागिता थियो । सो बैठकमा सत्तामा रहेको लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी थिए ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ११ : ४३ बजे

कोरलानाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान

मुस्ताङ । यहाँको नेपाल-चीन उत्तरी कोरलानाका दशगजा क्षेत्रमा माइक्रोवेब बिटिएस

सुनकोशीको बेलिब्रिज झिकिएपछि समस्यामा स्थानीय

खोटाङ । सुनकोशीस्थित फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज झिकिएसँगै खोटाङ

गुल्मीको सत्यवतीमा मोटरसाइकल दुर्घटना हुँदा स्याङ्जाको कालीगण्डकीका दुई जनाको मृत्यु

गुल्मी । कालीगण्डकी करिडोरअन्तर्गत रुद्रवेणी-पुर्तिघाट सडकखण्डमा आइतबार राति मोटरसाइकल दुर्घटना

एमालेको सचिवालय बैठक आज बस्दै, कार्यविभाजन र स्थानीय तह केन्द्रित रणनीतिमा छलफल हुने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।

नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा उत्तम केसी निर्वाचित

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा कलाकार उत्तम केसी