७ श्रावण २०८३, बिहिबार | July 24, 2026

समाजलाई समृद्ध बनाउन सबै समुदायका संस्कृति, मौलिक परम्परा र चाडपर्वको महत्व छ : माधव नेपाल



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी  (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विविधतायुक्त नेपाली समाजलाई समृद्ध बनाउन सबै समुदायका संस्कृति, मौलिक परम्परा, चाडपर्वको महत्व रहेको बताएका छन् ।

हिन्दू धर्मावलम्बीको दोस्रो ठूलो पर्व तिहारका अवसरमा शुभकामना दिँदै अध्यक्ष नेपालले देशको पहिचान र परम्परालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न हरेक समुदायले आफ्नो मौलिक, धर्म, संस्कृतिको संरक्षण गर्नुपर्ने विचार व्यक्त गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त समाजले समग्र नेपालीलाई एकताबद्ध गरी राष्ट्रियतालाई बलियो बनाउने उल्लेख गरे ।

विभिन्न चाडपर्व, धार्मिक परम्परा र संस्कृतिले मानव जीवनमा सकारात्मक ऊर्जा प्रदान गर्ने बताउँदै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं प्रगतिको कामना गरेका छन्। अध्यक्ष नेपालले संस्कृतिको संरक्षणबाट विभिन्न समुदायबीच आपसी मेलमिलाप, सहअस्तित्व, भ्रातृत्व, सामाजिक सद्सुदृढ गरी सामाजिक एकता कायम गर्न सकिने बताए ।

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  ९ : २८ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी