८ माघ २०८१, मंगलबार | January 21, 2025

समाजलाई समृद्ध बनाउन सबै समुदायका संस्कृति, मौलिक परम्परा र चाडपर्वको महत्व छ : माधव नेपाल



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी  (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विविधतायुक्त नेपाली समाजलाई समृद्ध बनाउन सबै समुदायका संस्कृति, मौलिक परम्परा, चाडपर्वको महत्व रहेको बताएका छन् ।

हिन्दू धर्मावलम्बीको दोस्रो ठूलो पर्व तिहारका अवसरमा शुभकामना दिँदै अध्यक्ष नेपालले देशको पहिचान र परम्परालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न हरेक समुदायले आफ्नो मौलिक, धर्म, संस्कृतिको संरक्षण गर्नुपर्ने विचार व्यक्त गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त समाजले समग्र नेपालीलाई एकताबद्ध गरी राष्ट्रियतालाई बलियो बनाउने उल्लेख गरे ।

विभिन्न चाडपर्व, धार्मिक परम्परा र संस्कृतिले मानव जीवनमा सकारात्मक ऊर्जा प्रदान गर्ने बताउँदै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं प्रगतिको कामना गरेका छन्। अध्यक्ष नेपालले संस्कृतिको संरक्षणबाट विभिन्न समुदायबीच आपसी मेलमिलाप, सहअस्तित्व, भ्रातृत्व, सामाजिक सद्सुदृढ गरी सामाजिक एकता कायम गर्न सकिने बताए ।

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  ९ : २८ बजे

सुनको भाउ एकैदिन प्रतितोला ११ सय रूपैयाँ बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ

पार्टी प्रवेश गर्नेहरुलाई माओवादी अध्यक्ष प्रचण्डद्वारा स्वागत

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा

सगरमाथा संवादको घोषणा गरिँदै

सगरमाथा संवादको घोषणा गरिँदैकाठमाडौं । सरकारले आगामी जेठ पहिलो साता

लमजुङमा मह बिक्रीबाट १८ करोड आम्दानी

लमजुङ । पहाडी जिल्ला लमजुङमा मह उत्पादन बढेको छ ।

राष्ट्रपति पौडेलद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड