७ आश्विन २०८३, बुधबार | September 23, 2026

पत्रकार महासंघ चुनाव : रुपन्देहीमा दिनेश-विनोद-अमृताबीच प्रतिस्पर्धा हुँदै



बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको अधिवेशन अन्तर्गत आज निर्वाचन हुदैछ । यसअघिनै उपाध्यक्ष (खुल्ला)मा विश्वास ढकाल र्निविरोध निर्वाचित भएका छन् । उपाध्यमा उम्मेद्वारी दिएका प्रकाश पाण्डेले उम्मेद्वारी फिर्ता लिएपछि ढकाल र्निविरोध निर्वाचितभएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै अन्य समावेशीमा सदस्य पदमा पनि गोविन्द बहादुर घर्ती र्निविरोध निर्वाचित भएका छन् । प्रदेश परिषद् सदस्यमा १३ जना र केन्द्रीय परिषद सदस्यमा ३ जना निर्विरोध निर्वाचित भैसकेका छन् ।

महासंघ रुपन्देहीको अध्यक्षमा ३ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । प्रेसचौतारी र युनियनको  प्यानलबाट दिनेश पाण्डे चुनावी मैदानमा छन् भने प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, प्रगतिशिल पत्रकारको संयुक्त प्यानलबाट विनोद परियार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

यस्तै प्रेस चौतारीकी केन्द्रीय सदस्य अमृता अनमोलले पनि अध्यक्षको प्रतिस्पर्धामा छिन् । बागि उम्मेद्वारी दिएको भन्दै अनमोललाई प्रेस चौतारीले निष्काशन गरेको छ ।

जिल्ला शाखा अधिवेशनको उपाध्यक्ष महिला पदमाउषादेवी पन्थ, माया केसी र मिना पाण्डे (अस्मीना) चुनावी मैदानमा छन् । यस्तै सचिव पदमा सीपी खनाल र कविराज अधिकारी चुनावी मैदानमा रहेका हुन । यस्तै सह सचिव पदमा झविन्द देवकोटा, टेकराज भुषाल चुनावी मैदानमा छन् । सहसचिव समावेशीमा सुमन रश्मी श्रेष्ठ, राधेश्याम विश्वकर्मा र सुनिता चँदाली मैदानमा छन् ।

प्रेस युनियनले सहसचिवमा बागी उम्मेदवारी दिएका राधेश्याम बिश्वकर्मा र सदस्य खुल्लामा उम्मेदवारी दिएकी पुजा पन्थीलाई संगठनबाट निश्काषन गरेको छ ।त्यस्तै कोषाध्यक्ष पदमा नरेश केसी र सञ्जय विश्वकर्मामा चुनावी मैदानमा रहेका छन् ।

आज बिहान १० बजेदेखि मतदान सुरु हुदैछ । रूपन्देहीमा २५८ जना मतदाता रहेका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ८ : ५० बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज