११ चैत्र २०८२, बुधबार | March 25, 2026

सिद्धार्थ कटेजको २७ औं वार्षिकोत्सव, विविध कार्यक्रम गरि मनाउँदै



बुटवल । हस्पिटालिटी क्षेत्रमा बेग्लै पहिचान बनाएको सिद्धार्थ कटेज रेष्टुरेन्ट बुटवलले आफनो २७ औं वार्षिकोत्सबको अवसरमा विविध रचनात्मक कार्यक्रम गरेको छ ।

स्थापनाको अवसरमा सामाजिक उत्तरदायित्व अन्तरगत सोमबार तिलोत्तमा ७, भलबारीस्थित सृजनशिल संस्था नेपालमा आश्रित बालबालिकाहरुलाई खाद्यान्न, शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरेको छ ।

संस्थामा आश्रित ३२ जना बालबालिकासहित ४० लाई शैक्षिक र खेलकुद सामग्री हस्तान्तरण गरिएको कटेजका प्रबन्धक पुरुषोत्तम आचार्यले बताए । सेवामुलक संस्थाको रुपमा पहिचानसंगै सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको भन्दै उनले स्थापना दिवसकै अवसरमा २२ गते रक्तदान र २३ गते शुभकामना आदानप्रदान कार्यक्रम हुने बताए ।

नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा केन्द्रको प्राविधिक सहयोग र नेपाल स्वयंसेवी रक्तदाता समाजको सहकार्यमा रक्तदान कार्यक्रम गरिने उनले बताए ।

२७ औं स्थापना दिवसको दिन ग्राहकलाई कटेजको खानामा २७ प्रतिशत छुट दिईने उनले बताए । मिलनचोकमा रहेको कटेजमा हाल १७ जना किचन स्टाफसहित ६२ जना कर्मचारी कार्यरत छन ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ५ : २० बजे

बुटवलमा फोहोरबाट व्लक इँटा उत्पादन सुरु

बुटवल । देशभर फोहोर व्यवस्थापन चुनौतीका रूपमा देखिइरहेका बेला बुटवल

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौं । आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका

साफ यू-२० च्याम्पियनसिप : आज नेपाल र श्रीलंका भिडदै

काठमाडौं । साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपाल यू-२० फुटबल टोलीले

तीन हजारभन्दा बढीलाई विपद्-प्रतिकार्य तालिम

काभ्रे । काभ्रेको पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर

बेनी-जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

म्याग्दी । भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत