३ पुस २०८२, बिहिबार | December 18, 2025

केही समयपछि आफ्नो नेतृत्वमा सरकार बन्छ त्यसैले वर्तमान सरकारलाई जोगाउनुपर्छ : देउवा



भैरहवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारलाई जोगाएर लैजानुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरुको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई आज सम्बोधन गर्दै देउवाले सरकरालाई सफल बनाउन एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका हुन् । देउवाले ओली नेतृत्वको सरकार पछि आफ्नो नेतृत्वमा सरकार बन्ने भएकाले एकतावद्ध बन्नु आवश्यक रहेको जिकिर गरेका हुन् ।

‘हामी एकताबद्ध भई अघि बढ्नुपर्छ। त्यसो भएका खण्डमा भोलि हाम्रो सरकार बनेका खण्डमा उहाँहरूको पनि पूरा भरोसा रहनेछ,’ देउवाले भने।

देउवाले पार्टीभित्र देखा परेका मतभेदलाई अन्त्य गरेर धेरै सिट जित्ने गरी चुनावको तयारीमा लाग्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले पार्टीले एक्लै बहुमत ल्याउन सक्ने अवस्था नरहेको स्वीकार गर्दै धेरै सिट जित्नुपर्ने धारणा राखेका हुन् । उनले भने ‘बहुमत ल्याउन नसकेता पनि कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउनुपर्छ ।’

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  १ : २२ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका