२४ श्रावण २०८३, आइतबार | August 9, 2026

प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान



काठमाडौं । काठमाडौंको तीनकुनेमा पूर्वराजा समर्थकको प्रदर्शनमा अवाञ्छित गतिविधिमामा संलग्न रहेको अभियोगमा पक्राउ परेका दुर्गा प्रसाईंसहित सात जनालाई काठमाडौँको डिल्लीबजार कारागार चलान गरिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले ज्यान मुद्दामा अभियोजन गरिएका सात जनालाई गए राति थुनामा पठाउन आदेश गरेसँगै निजहरूलाई काठमाडौंको डिल्लीबजार कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

उनले भने, “जिल्ला अदालत काठमाडौंको आदेशअनुसार, दुर्गा प्रसाईं, सरोज गौतम, गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल, केशव बस्नेत र जीतबहादुर श्रेष्ठलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।”

पूर्वराजाको समर्थनमा गत चैत १५ गते भएको प्रदर्शनमा तीनकुनेस्थित घरमा आगजनी हुँदा समाचार सङ्कलन गर्न गएका पत्रकार सुरेश रजकको ज्यान गएको थियो ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार  ७ : ५५ बजे

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मङ्सिर ५ सम्म हुने

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

उन्नाइसौँ पुस्तकालय दिवस भदौ १५ गते

काठमाडौं । उन्नाइसौँ पुस्तकालय दिवस आगामी भदौ १५ गते विभिन्न

विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौं । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको

वर्षाले निम्त्यायो सडक अवरोध, विभिन्न राजमार्गमा यातायात प्रभावित

काठमाडौं । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न

मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।