१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

दीप, जो अझै बलिरहेको छ …



घडीको सुई झैँ थर्थराएको, अन्तिम सासको अठोट,
‘माइला, यो दीप बालेँ म,
तँ उज्यालो बनिस् भने,
अँध्यारोले थाक्नेछ।’

कल्पना पौडेल ‘जिज्ञासु’

त्यसै दिन, एउटा बीउ चुपचाप उम्रिएको थियो,
माटोभित्र क्रान्तिको जरा गाड्दै,
न रुवाइ थियो त्यो, न हाँसो—
थियो केवल वाचा:
रगतले लेखिने शपथको बीउ।

राणाका दरबार थिए इँटा,
जुन सिसा थिएन्,
भत्काउन सजिलो थिएन।
तर त्यो बीउ,
लहरा बनेर अंकुरायो,
र अन्ततः झिल्के बन्यो ।
‘जनता’को फाटेको मनमा,
मलम लगाउन
उनि नेलमा सजिए।
तर त्यहाँ थियो सत्यको प्रतिबिम्ब,
विचारको शक्ति च्यातिएको थिएन।
कलकत्ताको धुवाँभित्र
एउटा भेट भयो—
अजय चक्रवर्तीको आँखामा पढिएको एक दर्शन,
जसले ‘पार्टी’ होइन,
‘आस्था’ जन्मायो।

विचारको तेलले
बल्ने,
पुष्पलाल बने
दीप ,
उनले अनुवाद गरे घोषणापत्र—
तर शब्दहरू मात्र होइन,
विचारको मुटु अनुवाद भयो,
नेपाली आत्मामा।

बन्दीपुरमा उनी बीउ जस्तै बिउँझिए
सोभियत, चीन—सबै यात्राहरू
तिनै जरा फिजाउने प्रयास थिए
शून्यमा हराएको सपनाको
नक्सा कोर्न।

तर जब पञ्चायतले कालो बादल ओढ्यो,
उनि आकाश भए,
गर्जन भए,
भूमिगत पृथ्वी भए
जहाँ सपना धेरै बाँकि थिए,
अन्ततः—साउन ७
भौतक सरिरमा लाग्यो बिन्दु,
तर विचारमा लागेन पूर्णविराम ,
जसको रेखा अझै निरन्तर छ
हाम्रो आत्माभित्र बगिरहेको छ।

उनि मरेनन्।
उनि दुबो बनेर उम्रिरहेका छन,
हाम्रै छातीभित्र
हरपल एक प्रश्नको रूपमा–
दीप बालेका थियौँ
विचारको उज्यालो छर्न,
के तिम्रो सपना
पुरा भएको छ
आज ?

खजुरा बाँके

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  २ : ०९ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा