१६ माघ २०८२, शुक्रबार | January 30, 2026

चीनमा बच्चा जन्माउने बाबुलाई १५ सय डलर, ३० दिन बिदाको अफर



बेइजिङ । चीन सरकारले आफ्नो जन्मदर सुधार गर्न निरन्तर नयाँ नयाँ प्रयोग गरिरहेको छ । सरकारले अब बच्चा जन्माएमा बाबुलाई झन्डै २ लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको छ । यो अनुदान ३ वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि दिइने सरकारले जनाएको छ ।

यसो गर्दा जन्मदर बढ्न सक्ने चिनियाँ सरकारको विश्वास छ। चीनमा प्रजनन दरको अनुपात घटेर अहिले १.०९ प्रतिशत मात्रै छ, यसले चीनमा निकट भबिश्यमा नै जनसांख्यिक समस्या हुने देखाएको छ । सरकारले यसलाई ३ प्रतिशतमा लैजाने प्रयास गरिरहेको छ ।

बेइजिङमा घोषणा गरिएको यो सूत्र अनुसार बालबालिकालाई जन्मिने बित्तिकै ५ सय डलर र अभिभावकलाई १ हजार डलर दिने व्यवस्था छ । यसको मतलब बच्चा जन्मने बित्तिकै परिवारले १५०० डलर पाउनेछ । सरकारले तीन वर्षअघि जन्मेका बालबालिकालाई अनुदानमा समावेश गर्ने निर्णय गरेको छ ।

सरकारले यो अनुदान लिनका लागि कुनै पनि चिनियाँ नागरिकले आवेदन दिन सक्ने बताएको छ । सरकारले खातामा सिधै पैसा ट्रान्सफर गर्नेछ । चीनको जनसांख्यिक समस्यालाई हल गर्ने प्रयासमा मध्यनजर गर्दै सरकारले यस्तो निर्णय गरेको हो ।

चीन सरकारले अनुसन्धान प्रतिवेदनका आधारमा अनुदान दिने निर्णय गरेको हो । वास्तवमा फुडान विश्वविद्यालय र हङकङ विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले जुन २०२५ मा एक अनुसन्धान प्रतिवेदन तयार पारेका थिए । यसले बुबाहरूलाई अनुदान दिनुले जन्मदर बढाउन सक्ने सुझाव दिएको थियो ।

चीनका १४ प्रान्तले विभिन्न तरिकाले जन्मदर बढाउने निर्णय गरिरहेका छन् । सबैभन्दा बढी जनसङ्ख्या भएको सहर सिचुआन प्रान्तमा बच्चा जन्माउँदा २५ दिन बिदा दिने व्यवस्था गरिसकिएको छ । यो बिदा बुबालाई दिइनेछ र यो भुक्तान बिदा अन्तर्गत उपलब्ध हुनेछ । यसको मतलब एक पैसा पनि कटौती हुनेछैन ।

त्यसैगरी शाङदोङमा १८ दिन र साङ्सी र गान्सु प्रान्तमा ३० दिन बिदा दिने व्यवस्था गरिएको छ । यसअघि ३ दिन मात्रै बिदा दिने व्यवस्था थियो । प्रादेशिक तहमा यो प्रयोग सफल भए पूरै केन्द्रीय तहमा लागू गर्न सकिने बताइएको छ किनभने केन्द्रीय तहमा बाबुलाई अहिलेसम्म ३ दिन बिदा दिने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ७ : ४५ बजे

बालेन साहको चुनावी अभियानमा हिँडेका सहयोगी दिनेश सिटौला अछाममा बेहोस, हेलिकप्टरमार्फत काठमाडौं पठाइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता

अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका

आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य

मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना घाइते

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना हुँदा ३८

काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माणको प्रगति ४५ प्रतिशत

मकवानपुर । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौं-तराई/मधेस द्रूतमार्ग