बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडकखण्ड अन्तर्गत तिनाउ गाउँपालिका-३ स्थित सिद्धबाबा नजिकै मंगलबार बिहान पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार अविरल वर्षाका कारण माथिबाट ढुङ्गासहितको पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको हो ।
निरन्तरको वर्षाका कारण यो क्षेत्रमा पहिरो खस्ने र सडक अवरुद्ध तथा खुल्ने क्रम दोहोरिइरहेको छ । ढुङ्गा र माटो सडकमा खस्ने क्रम जारी रहेकाले अत्यावश्यक बाहेकका यात्रालाई टार्न र यात्रा गर्नै परे सावधानी अपनाउन ट्राफिक कार्यालयले आग्रह गरेको छ ।


















प्रतिक्रिया