१८ माघ २०८२, आइतबार | February 1, 2026

साहित्य उत्सवमा भारतीय साहित्यकारको चर्चा



काठमाडौँ । यहाँस्थित भारतीय दूतावासद्वारा आज आयोजित ‘हिन्दी साहित्य उत्सव’मा भारतका अग्रज साहित्यकारको योगदानको चर्चा गरिएको छ ।

नयाँ सडकस्थित नेपाल–भारत लाइब्रेरीमा आयोजित कार्यक्रममा भारतका विश्वविख्यात साहित्यकार अटल विहारी बाजपेयी, मैथिलीशरण गुप्त, सुभद्राकुमारी चौहानलगायतको जीवनी र सहित्यिक योगदानबारे चर्चा गरिएको हो ।

साहित्यकार एवं लेखक अंशु झा, कञ्चना झा, इन्दु ठाकुर, रजनीसिंह मण्डन, कृष्णचन्द्र मिश्र पब्लिकेसनका अध्यक्ष सचिदानन्द मिश्रलगायतले उनीहरुको जीवनी र योगदानबारे जानकारी गराए ।

भारतीय दूतावासले हरेक महिना साहित्यकारको जन्म भएको अवसरमा उनीहरूबारे जानकारी दिने उद्देश्यले सोही महिना पारेर यस्तो कार्यक्रम गर्दै आएको जनाएको छ ।

आजको कार्यक्रममा हिमालिनी कुञ्ज बाल कविता प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने क्रमशः मनन अग्रवाल, अवानी जलान, आजाद धड्कन र साहिलसिंह उज्वयनलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यस अवसरमा काठमाडौंमा हिन्दी भाषाको अध्ययन हुने विभिन्न विद्यालयका छात्रछात्राले बाजपेयीसहित विभिन्न कवि तथा साहित्यकारका कविता वाचन गरे ।

प्रकाशित मिति : ७ भदौ २०८२, शनिबार  १० : २५ बजे

रुपन्देही उद्योग संघले बनायो २ वर्षे कार्ययोजना

बुटवल । रूपन्देही उद्योग संघले आगामी दुई वर्षको कार्ययोजना तयार

इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई । इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले

रुपन्देहीको विकास अध्ययन गर्न योजनाविदलाई बिष्णु पौडेलको आग्रह

बुटवल । पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष बिष्णु

भारतको बजेट : पूर्वाधार र उत्पादनमा ठूलो लगानी

नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले अस्थिर वित्तीय बजार र

नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक