६ पुस २०८२, आइतबार | December 21, 2025

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै, उपसभामुखको विषयमा छलफल हुने



काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सोमबार बस्दैछ । सभापति शेरबहादुर देउवाले सोमबार बिहान १० बजे निजी निवास बूढानीलकण्ठमा बैठक बोलाएका छन् ।

बैठकमा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार र उपसभामुख इन्दिरा रानामगरमाथि छलफल हुने बताइएको छ ।

गत साउन २८ गते संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी विवादमा परेका सभापति रामहरि खतिवडाले प्रतिनिधिसभा बैठकमा पदबाट राजीनामा दिएका थिए । प्रतिनिधिसभा नियमावलीको नियम १७७ को उपनियम ५ अनुसार संसदीय विषयगत समितिको सभापति पद रिक्त भएको १५ दिन भित्र निर्वाचन सम्पन्न गर्नुपर्ने प्रावधान रहेको छ ।

यसअघि कांग्रेस र एमालेले उपसभामुख रानामगरमाथि पदीय आचरण विपरीत काम गरेको आरोपमा हस्ताक्षर संकलन गरिसकेका छन् । तर, कांग्रेस भित्रै उपसभामुखविरुद्धको हस्ताक्षर संकलनलाई लिएर विवाद देखिएको छ । सभापति देउवा इतर समूहका डा. शेखर कोइराला र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यसलाई विरोध गर्दै आएका छन् ।

प्रकाशित मिति : ९ भदौ २०८२, सोमबार  ९ : २४ बजे

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको

मिराज ढुङ्गाना समूहद्वारा भोलिदेखि देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन

नेप्से परिसूचकमा १९ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट