काठमाडौं । दुर्गां प्रसाईंले माधव कल्पितको अध्यक्षतामा ‘नागरिक बचाउ दल नेपाल’ दर्ता गराएकाछन् ।
राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक सुरक्षाका मुद्दा उठाउँदै आएका प्रसाईँले आफु संरक्षक रहने गरी आज निर्वाचन आयोगमा दल दर्ता गराएका हुन् ।
‘नागरिक बचाऊ महाअभियान’ को नाममा विगत केही वर्षदेखि राजतन्त्रसहितको हिन्दु राष्ट्र पक्षमा सक्रिय रहेका छन् । उनको पार्टीको दल दर्ता नम्बर ६३० रहेको छ। अध्यक्ष कल्पितका अनुसार हाल पार्टीमा २९ जना केन्द्रीय सदस्य छन्।
नयाँ दर्ता भएको यस पार्टीको चुनाव चिन्ह ‘दुई पाइला’ तोकिएको छ।


















प्रतिक्रिया