१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

विप्लव नेतृत्व नेकपा माओवादीद्वारा वर्तमान सरकार भंग गरी सर्वपक्षीय सरकार गठनको माग



बुटवल । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सुशील कार्की नेतृत्वको वर्तमान सरकार भंग गरी सर्वपक्षीय सरकार गठन गर्न माग गरेको छ । राष्ट्रिय संकट गहिरिँदै गएको भन्दै त्यसको निकासका लागि सर्वपक्षीय सरकार गठन गरी संविधान पुनर्लेखन तथा जेनजी आन्दोलनका माग सम्बोधन गर्नुपर्ने पार्टीको धारणा रहेको छ ।

मेची-महाकाली अभियानअन्तर्गत पश्चिमबाट सञ्चालन भइरहेको समाजवादी जागरण अभियान पश्चिम कमान्डले बुटवलमा पत्रकार सम्मेलन गर्दै देशमा वैदेशिक हस्तक्षेपका विभिन्न खेल भइरहेको आरोप लगाएको छ । वर्तमान राजनीतिक संरचनाले जनताको अपेक्षा पूरा गर्न नसकेको र त्यसबाट मुलुक थप संकटतर्फ धकेलिएको दाबी गर्दै पार्टीले सर्वपक्षीय सरकार नै अहिलेको प्रमुख समाधान भएको बताएको हो ।

अभियानका पश्चिम कमान्ड प्रमुख प्रेम दर्लान ‘सी’ ले जेनजी आन्दोलनको भावना र जनआकांक्षाअनुसार नयाँ सर्वपक्षीय सरकार गठन हुनुपर्ने बताए । “वर्तमान अन्तरिम सरकारलाई भंग गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नु अहिलेको मुलुकको निकास हो,” उनले भने । उनले संविधान पुनर्लेखनमार्फत राज्य संरचनामा आमूल परिवर्तन आवश्यक रहेको पनि जोड दिए ।

पार्टीले विभिन्न १३ बुँदे माग राखी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ज्ञापनपत्र समेत बुझाइसकेको दर्लानले जानकारी दिए । ती मागहरूमा राजनीतिक स्थिरता, राष्ट्रिय स्वाधीनता, युवाको भविष्यसँग जोडिएका मुद्दा तथा जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरू समेटिएको उनको भनाइ छ ।

पश्चिम महेन्द्रनगरबाट सुरु भएको समाजवादी जागरण अभियान बर्दिया, बाँके, दाङ र कपिलवस्तु हुँदै विभिन्न कार्यक्रम तथा जनभेटघाट गर्दै रूपन्देही आइपुगेको हो । अभियानका क्रममा पार्टीले स्थानीय स्तरमा जनसभा, अन्तरक्रिया तथा राजनीतिक छलफलका कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।

नेकपा माओवादी रूपन्देहीका नेता वीरेन्द्र ‘सी’ का अनुसार अभियानले शनिबार रूपन्देहीका तीन स्थानमा कार्यक्रम गर्नेछ । त्यसपछि अभियान टोली मकवानपुरको हेटौंडासम्म पुग्ने योजना रहेको उनले बताए ।

पार्टीका अनुसार पूर्वबाट पनि अर्को टोली हेटौंडा पुग्नेछ र त्यहाँ दुवै टोलीको सहभागितामा वृहत् कार्यक्रम आयोजना गरिनेछ । उक्त कार्यक्रममार्फत पार्टीले आफ्नो राजनीतिक धारणा, माग र आगामी संघर्षका कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ३ : ५८ बजे

बारामा डिजेल ट्यांकर, ईभी र मोटरसाइकल ठोक्किँदा ९ जना घाइते

रौतहट । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा डिजेल बोकेको ट्यांकर, ईभी

देउवा समूहको कांग्रेस महाधिवेशन खुलामञ्चमा, मतदान राष्ट्रियसभा गृहमा हुने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ

पाँच दशमलव ४५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

गृह मन्त्रालयद्वारा एनप्याब्सन निलम्बित, निर्देशन उल्लंघन गरेको आरोप

काठमाडौं । सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल

जापानका लागि प्रस्तावित राजदूतबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक आह्वान

काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाको नियुक्तिबारे