२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

टिकट बाँडफाँडमा सहमतिको खोजी : कांग्रेसका तीन समूहबीच छलफल



काठमाडौं । नेपाली कांग्रेसका तीन समूहबीच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन तथा उम्मेदवार छनोटको विषयमा छलफल भएको छ । मनोनयन दर्ताको समय नजिकिँदै जाँदा आन्तरिक विवादलाई व्यवस्थापन गर्दै साझा निष्कर्ष निकाल्ने उद्देश्यले शीर्ष नेताहरू छलफलमा जुटेका हुन् ।

गएराति काठमाडौंको धुम्बाराहीस्थित एक होटलमा सम्पन्न बैठकमा पार्टी प्रवक्ता देवराज चालिसे र नेता मधु आचार्य, पूर्वसभापति शेरबहादुर देउवा समूहबाट रमेश लेखक तथा डा. शेखर कोइराला समूहबाट डा. मिनेन्द्र रिजाल सहभागी थिए ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार मंगलबार उम्मेदवारको मनोनयन दर्ता हुने भएकाले टिकट वितरणको विषयमा सहमति खोज्न बैठक आयोजना गरिएको बताइएको छ । मनोनयनका लागि अब एक दिनमात्र बाँकी रहेकाले कांग्रेसका नेताहरू आन्तरिक कलहलाई थाती राख्दै उम्मेदवार चयन प्रक्रियालाई अघि बढाउन सक्रिय भएका छन् ।

बैठक आज पनि बस्ने जनाइएको छ । तीनै समूहबीच छलफलपछि सम्भावित उम्मेदवारहरूको नामावली संकलन गरिने र त्यसलाई आधार मानेर संसदीय बोर्डले अन्तिम निर्णय गर्ने सहमति भएको बताइएको छ । कांग्रेसले उम्मेदवार छनोटका लागि सभापति गगन थापाको नेतृत्वमा १३ सदस्यीय संसदीय बोर्ड गठन गरिसकेको छ ।

गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएयता कांग्रेसभित्र विवाद चर्किँदै आएको छ । थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि देउवा समूहले उक्त निर्णय बदरको माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

यस्तो राजनीतिक तथा कानुनी पेचिलो अवस्थाबीच कांग्रेसले समयमै उम्मेदवार टुंग्याएर निर्वाचनमा जाने तयारी गरिरहेको छ ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ९ : १३ बजे

झापा-५ मा बालेन शाहको फराकिलो अग्रता, ओलीभन्दा ९ हजारभन्दा बढी मतले अगाडि

झापा । झापा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी

रूपन्देही-२ मा सुलभ खरेलको एकतर्फी अग्रता

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र नम्बर

रूपन्देही-२ मा रास्वपाका सुलभ खरेलको विशाल अग्रता

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र नम्बर

झापा-५ मा बालेन शाहको फराकिलो अग्रता, ओलीभन्दा ९ हजार बढी मतले अगाडि

झापा । झापाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी

काठमाडौं-६ मा रास्वपाका शिशिर खनाल विजयी

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी