१४ बैशाख २०८३, सोमबार | April 27, 2026

‘अब स्पष्ट कित्ताकाट गर्ने बेला आएको छ’ : मतदातालाई ओलीको अपिल



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको पूर्वसन्ध्यामा मतदातालाई आफ्नो धारणा स्पष्ट पार्ने समय आएको बताएका छन् । आइतबार भिडियो सन्देश जारी गर्दै उनले राष्ट्रको भविष्य सुरक्षित गर्ने पक्षमा उभिने कि राष्ट्रको भविष्यप्रति उदासीन रहने पक्षमा रहने भन्ने विषयमा मतदाताले स्पष्ट निर्णय गर्नुपर्ने बताएका हुन् ।

“अब स्पष्ट कित्ताकाट गर्ने बेला आएको छ। तपाईं राष्ट्र जोगिनुपर्छ भन्ने पक्षमा कि राष्ट्रको भविष्य जे भए पनि फरक पर्दैन भन्ने पक्षमा ?” ओलीले सन्देशमा भनेका छन्, “यदि तपाईंले आफ्नो कित्ता स्पष्ट पार्नुभएन र त्यसका लागि बोल्नुभएन भने इतिहासले मात्र होइन, तपाईं आफैँले पनि आफैँलाई कहिल्यै माफ गर्नु हुने छैन ।”

ओलीले आफूविरुद्ध विभिन्न भ्रम फैलाइएको उल्लेख गर्दै मतदाताका गुनासा, प्रश्न र आफ्ना केही कमजोरी रहेको स्वीकार गरेका छन् । तर देशको अखण्डता, स्वाभिमान र राष्ट्रियताको सवालमा आफूले कहिल्यै सम्झौता नगरेको र नगर्ने प्रतिबद्धता व्यक्त गरे ।

“मलाई थाहा छ, मप्रति गुनासा र प्रश्न छन्, मेरा केही कमीकमजोरी पनि होलान्,” उनले भने, “तर देशको अखण्डता, स्वाभिमान र राष्ट्रियताको विषयमा मैले कसैसँग कहिल्यै सम्झौता गरेको छैन र गर्दिनँ पनि ।”

ओलीले निर्वाचित सरकारलाई अपदस्थ गर्न विध्वंस मच्चाएर प्रतिनिधिसभा विघटन गरिएको आरोप लगाउँदै देशको भविष्यप्रति गम्भीर भएर सोच्न नागरिकलाई आग्रह गरे । उनले नागरिकलाई शान्त र गम्भीर भएर ‘देश बचाउने कि नबचाउने’ भन्ने प्रश्न आफैँसँग सोध्नुपर्ने बताए ।

सन्देशमा उनले आफू आगामी पुस्ताको भविष्यका लागि संघर्ष गरिरहेको उल्लेख गर्दै अब ‘देश पहिले’ भन्ने भावना स्थापित गर्ने समय आएको बताए । उनका अनुसार देश पहिले भन्नुको अर्थ संविधान, कानुन, भूमि, जनता तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हो ।

सिंहदरबार, अदालत, संसद्, सडक, सरकारी कार्यालय, प्रहरी चौकी र सुरक्षा निकाय नागरिककै कर र विश्वासले बनेका संरचना भएको उल्लेख गर्दै उनले यस्ता संरचनामा हुने क्षतिले नागरिकको भरोसा र सपना दुवै नष्ट हुने बताएका छन् ।

ओलीले देशको स्वाभिमान नझुक्ने र राष्ट्र कहिल्यै अस्थिरता तथा विध्वंसतर्फ नजाने सुनिश्चितता आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि नागरिकमा ‘देश पहिले’ भन्ने भावना बलियो हुनुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  १ : २४ बजे

सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक

नेकपाको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११

सरकारको श्वेतपत्रले देखायो अर्थतन्त्रको वास्तविक चित्र (पूर्णपाठसहित)

काठमाडौं । सरकारले आर्थिक श्वेतपत्रले जारी गरेको छ । स्वेतपत्रले

‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३’ सार्वजनिक

काठमाडौँ । मुलुकको वर्तमान समग्र आर्थिक, सामाजिक र शासकीय अवस्थाको

दंगीशरण दरबार क्षेत्रमा मुख्यमन्त्री : पुरातात्विक सम्पदाहरुको संरक्षण गर्न प्रदेश सरकारको प्रतिबद्धता

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पुरातात्विक सम्पदाहरुको संरक्षण