५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

नेपालगन्जमा जलेको अवस्थामा युवतीको शव फेला



नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरमा मध्यराति एक अज्ञात महिलाको जलेको अवस्थामा शव फेला परेको छ ।

घटनास्थलको अवस्थाका आधारमा महिलालाई जिउँदै आगो लगाइएको स्थानीयबासीले आशंका गरेका छन् । नेपालगन्ज –१२ कोरियनपुरस्थित भेरी प्राविधिक शिक्षालय नजिक गएराति करिब १२ बजेको समयमा करिब २५–३० वर्षीया युवती आगोले जलेर अवस्थामा फेला परेको बाँके प्रहरी प्रवक्ता डीएसपी दीपक पतालीले बताए । जलेको अवस्थामा फेला परेकी युवतीलाई उद्धार गरेर अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको उनले बताए ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा महिलाको जलेर मृत्यु भएको देखिए पनि उनको मृत्युको कारण नखुलेको र मृतकको सनाखत पनि हुन सकेको छैन । घटनाको प्रकृति शंकास्पद देखिएको भन्दै प्रहरीले अनुसन्धानलाई तीव्र पारिएको प्रहरीले जनाएको छ ।

शवलाई पोस्टमार्टमका लागि पठाइएको छ भने मृतकको पहिचान खुलाउने प्रयास जारी रहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ११ : ५७ बजे

कोप ३१ : आन्तरिक तयारी तीव्र, राष्ट्रिय स्थितिपत्र अन्तिमचरणमा

काठमाडौं । नेपालले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीएको

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन्

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको