२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

प्रतिनिधिसभामा आज पनि नीति तथा कार्यक्रममाथि छलफल, प्रधानमन्त्रीको उपस्थितिबारे अन्योल



काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल ले सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसयता प्रतिनिधिसभामा उक्त नीति तथा कार्यक्रममाथि छलफल जारी छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो । आजको सम्भावित कार्यसूचीअनुसार नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने संसद् सचिवालयले जनाएको छ ।

प्रतिपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाह स्वयं संसद्मा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने अडान लिएका छन् । प्रधानमन्त्री बैठकमा सहभागी हुने वा सरकारको तर्फबाट अन्य मन्त्रीलाई पठाइने भन्ने विषय अझै टुंगो लागिसकेको छैन ।

यसअघि बुधबार अर्थमन्त्री स्वर्णिम वाग्ले लाई जवाफ दिन पठाइएपछि विपक्षी दलहरूले प्रधानमन्त्री नै उपस्थित हुनुपर्ने माग गर्दै बैठक अवरुद्ध गरेका थिए ।
चालु अधिवेशनमा सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटसमेत प्रस्तुत गर्ने तयारी गरेको छ ।

यस्तै, राष्ट्रियसभाको बैठक पनि आज बिहान ११ः१५ बजे बस्नेछ । राष्ट्रियसभामा समेत सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई निरन्तरता दिने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहिबार  ७ : ५६ बजे

सरकारले तोक्यो विद्युतीय सवारीको भाडा दर, कुन रुटमा कति ? (सूचीसहित)

काठमाडौँ । विद्युतीय शक्तिबाट सञ्चालन हुने सार्वजनिक सवारीमा कम खर्च

पोखरा स्कुल बस दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकामा आज भएको स्कुल बस

कांग्रेस महाधिवेशन : मतदान समय ५ बजेसम्म थपियो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत

रुपन्देहीबाट लाखौं मूल्यका ९ बोरा अबैध पटाकासहित ४ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट प्रहरीले लाखौं मूल्यको अबैध पटाका बरामद