१ भदौ २०८३, सोमबार | August 18, 2026

संसदमा उपस्थित हुन प्रधानमन्त्री बालेन्द्र आज पनि अनिच्छुक

अर्थमन्त्रीले जवाफ दिने कार्यसूची सार्वजनिक, के गर्लान प्रतिपक्ष दलहरू ?



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज पनि संसद बैठकमा सहभागी नहुने भएका छन् ।
आफ्नै सरकारको नीति तथा कार्यक्रमलाई छलफलमाका लागि टेबल गर्ने र उठेका प्रश्नको जवाफ दिनुपर्ने दायित्व भएपनि प्रधानमन्त्री शाहले त्यसलाई टारेपछि हिजोको प्रतिनिधिसभा बैठक पटकपटक अवरुद्ध भएको थियो ।

विपक्षी दलहरुले प्रधानमन्त्रीलाई जवाफ दिनका लागि बोलाउन रुलिङ गर्न सभामुखलाई पटकपटक आग्रह गरेपनि सम्भव नभएपछि बैठक अवरुद्ध हुन पुगेको थियो । सभामुखले हिजोको अन्तिम बैठकलाई सम्बोधन गर्दै आजका लागि प्रधानमन्त्रीले जवाफ दिने गरी कार्यतालिका पढेर सुनाएका थिए ।

तर प्रधानमन्त्री शाहले आज पनि संसद बङ्क गर्ने गरी कार्यसूची सार्वजनिक गरिएको छ । प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री अनुपस्थित हुनेभएपछि आज पनि विपक्षी दलहरुले संसद बैठक अवरुद्ध गर्ने तर सभामुखले संसद नियमावलीअनुसार विरोधकै बीच संचालन गर्ने संभावना बढेर गएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहिबार  ११ : १० बजे

उद्योग वाणिज्य संघ निर्वाचन : दलनिकट व्यवसायीको संयुक्त प्यानल

नेपालगन्ज । लामो समयदेखि दलगत छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचन लड्ने

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कल्याण विक्रम पाँडे नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा

कांग्रेस बैठक सम्पन्न, मङ्गलबार निर्णय सार्वजनिक गरिने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २४ गतेदेखि

पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक

बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार