१८ आश्विन २०८३, आइतबार | October 4, 2026

देवदहमा पेस्तोलबाट गोली फायर, बुटवलका युवक घाइते



बुटवल । रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली फायर हुँदा बुटवलका एक युवक घाइते भएका छन् । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पेस्तोल र गोलीसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय भैरहवा, रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार २०८३ असोज १७ गते दिउँसो करिब ३ः४५ बजे देवदह नगरपालिका-५ मा ४२ वर्षीय दीपक खरेल भनिने दुर्गाप्रसाद खरेलले पेस्तोलबाट एक राउन्ड गोली फायर गरेका थिए ।

गोली फायर हुँदा बुटवल उपमहानगरपालिका-९ मिलनचोकका २२ वर्षीय रायन खत्री क्षेत्रीको दाहिने गालाको छाला खोसिएर घाइते भएको डीएसपी चन्दले जानकारी दिए । उनको देवदह मेडिकल कलेज, भलुहीमा उपचार भइरहेको छ ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न भनिएका खरेलसहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले खरेलको साथबाट एक थान पेस्तोल र दुई राउन्ड गोली बरामद गरेको जनाएको छ । पक्राउ पर्नेमा देवदह नगरपालिका–५ मितेरी गाउँका ४२ वर्षीय दीपक खरेल भनिने दुर्गाप्रसाद खरेल, ३८ वर्षीय कमल शर्मा र १८ वर्षीय अमृत खरेल रहेका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ११ : ५१ बजे

उर्जामन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हेटौँडा–ढल्केबर ४००

कांग्रेसमा २१ सदस्यीय पदाधिकारी बन्ने, वरिष्ठसहित चार उपसभापति रहने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको पदाधिकारी संख्या १७ बाट बढाएर

चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा

मुस्ताङ । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय

कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधि समर्थकको र्‍याली खुलामञ्च प्रवेश गर्दै

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन प्रतिनिधि

सुनको मूल्य प्रतितोला २९ सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।