१९ आश्विन २०८३, सोमबार | October 5, 2026

विपद् व्यवस्थापनमा सरकार गम्भीर भएर जुटेको छ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबीचको आपसी समन्वयमा भदौ १० गतेयता देशका विभिन्न क्षेत्रमा देखिएको विपद्को व्यवस्थापन निरन्तर भइरहेको बताएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सरकार उपलब्ध स्रोत, साधन र जनशक्ति परिचालन गरेर विपद् व्यवस्थापनमा निरन्तर सक्रिय रहेको बताएका हुन्।

बैठकमा गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीहरूको समेत सहभागिता थियो। मुख्यमन्त्रीहरूलाई लक्षित गर्दै प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनको कामलाई शीघ्र सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए।

‘हामीले उपलब्ध स्रोत साधन र जनशक्ति परिचालन गरी चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौँ, त्यसैले यस विषयलाई लिएर ढुक्क हुन आग्रह गर्दछु,’ प्रधानमन्त्री शाहले भने।

प्रधानमन्त्रीले भोटेकोशी–त्रिशूली, गण्डकीलगायत विभिन्न क्षेत्रमा आएको बाढीपहिरोबाट भएको क्षतिको अध्ययन गरी त्यसको व्यवस्थापन तथा पुनःस्थापनाका काम अघि बढाइएको जानकारी दिए।

उनले विपद्को जोखिम न्यूनीकरणका लागि सरकारले पूर्वसूचना प्रणालीलाई थप सुदृढ गर्ने तयारी गरिरहेको बताए। सम्भावित हिमपहिरोको जोखिम न्यूनीकरणका लागि समेत आवश्यक काम अघि बढाइएको उनको भनाइ थियो।

प्रधानमन्त्री शाहले विपद्का बेला आफ्नो ज्यानको समेत जोखिम मोलेर उद्धार तथा व्यवस्थापनमा खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, राजनीतिक दलका प्रतिनिधि तथा अन्य सबैप्रति आभार व्यक्त गरे।

उनले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई थप मजबुत बनाउँदै उपलब्ध स्रोत तथा जनशक्तिको अधिकतम परिचालन गर्नुपर्नेमा जोड दिए।

राष्ट्रिय परिषद्को बैठकमा पछिल्लो समय देशका विभिन्न क्षेत्रमा देखिएको बाढी, पहिरो तथा अन्य विपद्का कारण भएको क्षति, उद्धार, राहत, पुनःस्थापना तथा आगामी दिनमा जोखिम न्यूनीकरणका लागि अपनाउनुपर्ने उपायबारे छलफल भएको छ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  १२ : ४८ बजे

गुल्जार हुने कागबेनीधाम गुमनाम

मुस्ताङ । चाडपर्वमा गुल्जार हुने मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम बनेको

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु भएको

‘राहतमा चामलका बोरा र त्रिपाल प्रसस्त आएपनि बालबालिकाको किताव कसैले सोधेनन्’

पर्वत । पर्वतको जलजला गाउँपालिका–७ फर्से स्थित शिव माध्यमिक विद्यालयमा

विपद् व्यवस्थापनमा सरकार गम्भीर भएर जुटेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबीचको

गगनको प्रतिवेदन पारित, पदाधिकारी र केन्द्रीय कार्यसमिति विस्तार

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबार खुलामञ्चमा बसेको केन्द्रीय