१ मंसिर २०८३, मंगलबार | November 18, 2026

अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान



काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विश्वका विभिन्न मुलुकका विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरूसँग शैक्षिक सहकार्य विस्तार गर्न ‘कन्ट्री फोकल पर्सन’ नियुक्तिका लागि आवेदन माग गरेको छ ।

सो विश्वविद्यालयको उपकुलपतिबाट नियुक्त हुने प्रावधानसहित अन्तरराष्ट्रिय सम्बन्ध केन्द्रले स्थायी प्राध्यापकहरूबाट सो जिम्मेवारीमा नियुक्त गर्ने प्रक्रियाअन्तर्गत आशयपत्र माग गरेको हो ।

सो भूमिकामा नियुक्त हुने प्राध्यापकको सम्बन्धित देशका विश्वविद्यालयसँग भएका पुराना सम्झौतालाई सक्रिय बनाउने, संयुक्त अनुसन्धान तथा विद्यार्थी–प्राध्यापक आदानप्रदान प्रर्वद्धन गर्ने, अनुसन्धानका लागि आर्थिक स्रोत खोज्ने र विदेशी विद्यार्थीलाई त्रिविमा आकर्षित गर्न सहजीकरण गर्ने जिम्मेवारी तोकिएको छ ।

त्रिविका अनुसार आगामी मङ्सिर १० गतेसम्म अनलाइनमार्फत आवेदन दिनसक्ने जानकारीसहित आवेदकको अन्तरराष्ट्रिय अनुभव, व्यक्तिगत विवरण र आगामी दुई वर्षको ठोस कार्ययोजना संलग्न हुनुपर्ने छ ।

यसै सन्दर्भमा आवेदक प्राध्यापकहरूमध्येबाट अन्तरराष्ट्रिय अनुभव, सम्बन्धित देशसँगको पूर्वसम्पर्क र सहकार्य विस्तार गर्न सक्ने क्षमताका आधारमा ‘कन्ट्री फोकल पर्सन’ छनोट गरिने त्रिविले स्पष्ट गरेको छ ।

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलबार  २ : ११ बजे

Your email address will not be published.

सहकारी ठगी मुद्दामा नेपाली सहित सात जनालाई कैद र जरिवाना

पोखरा । कास्की जिल्ला अदालतले पोखराको इमेज बचत तथा ऋण

भारत भ्रमणमा नेपालगन्ज–दिल्ली हवाई उडान र सुख्खा बन्दरगाह निर्माणलाई एजेण्डामा समावेश गर्न माग

नेपालगन्ज । प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालगन्ज–दिल्ली सिधा हवाई उडान सञ्चालन

नेपालगन्जमा कर सप्ताह सुरु

नेपालगन्ज । राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८३ को

सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा

काठमाडौं । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर

माछापुच्छ्रे बैंक र ट्याप ट्याप सेन्टबीच रेमिट्यान्स सम्झौता

काठमाडौ । नेपालमा विप्रेषण सेवालाई थप सहज, सरल, सुरक्षित तथा