काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको पहिलो क्वालिफायरमा आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । साविक विजेता लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । त्यससँगै सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने भएको छ ।
लुम्बिनीले पछिल्लो खेलको टोलीमा कुनै परिवर्तन गरेको छैन ।
सुदूरपश्चिमले भने आफ्नो पहिलो रोजाइको टोलीमा तीन खेलाडी परिवर्तन गरेको छ । दीपक बोहराको स्थानमा अविनाश बोहरा टोलीमा फर्किएका छन् । त्यस्तै, फाबियन एलन र ब्रान्डन म्याकमुलेनको स्थानमा थनुका दबारे र जर्ज मन्सेले खेल्ने भएका छन् ।
स्कटल्यान्डका अलराउन्डर म्याकमुलेन आईएल टी-२० खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) गएपछि उनको स्थानमा आएका अर्का स्कटिस खेलाडी मन्सेले पहिलो रोजाइमा अवसर पाएका हुन् ।
















प्रतिक्रिया