१ मंसिर २०८३, मंगलबार | November 17, 2026

सुदूरपश्चिमद्वारा लुम्बिनीसामु १०६ रनको लक्ष्य प्रस्तुत



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत प्लेअफको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्ससामु १०६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०५ रन बनायो ।

उसका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय पारी खेले । उनले ५१ बलमा ३ चौका र १ छक्काको सहयोगमा ५२ रनको पारी खेलेका हुन् । जारी एनपिएलमा कप्तान ऐरीको यो तेस्रो अर्धशतक हो ।

यस्तै, आज ईशान पाण्डेले ३३ बलमा ३ चौकासहित २७ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अङ्कमा समेत रन बनाउन सकेनन् । लुम्बिनीका लागि बलिङतर्फ रुबेन ट्रम्पेलम्यान र शेर मल्लले २-२ तथा किशोर महतो र अभिशेष गौतमले १-१ विकेट लिए ।

आजको खेल जित्ने टोलीले फाइनलमा आफ्नो स्थान सुरक्षित गर्नेछ । पराजय व्यहोर्ने टोलीले फाइनलमा स्थान बनाउन एलिमिनेटर खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । सुदूरपश्चिम लगातार तेस्रो तथा लुम्बिनी दोस्रोपटक फाइनलमा स्थान बनाउने योजनामा छन् ।

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलबार  ७ : ०० बजे

Your email address will not be published.

सहकारी ठगी मुद्दामा नेपाली सहित सात जनालाई कैद र जरिवाना

पोखरा । कास्की जिल्ला अदालतले पोखराको इमेज बचत तथा ऋण

भारत भ्रमणमा नेपालगन्ज–दिल्ली हवाई उडान र सुख्खा बन्दरगाह निर्माणलाई एजेण्डामा समावेश गर्न माग

नेपालगन्ज । प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालगन्ज–दिल्ली सिधा हवाई उडान सञ्चालन

नेपालगन्जमा कर सप्ताह सुरु

नेपालगन्ज । राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८३ को

सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा

काठमाडौं । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर

माछापुच्छ्रे बैंक र ट्याप ट्याप सेन्टबीच रेमिट्यान्स सम्झौता

काठमाडौ । नेपालमा विप्रेषण सेवालाई थप सहज, सरल, सुरक्षित तथा