१७ पुस २०८२, बिहिबार | January 1, 2026

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका १३५ जना नयाँ संक्रमित, एक जनाको मृत्यु



काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको १३५ जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा एक जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४१ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा संक्रमण पाइएको हो ।

बितेको चौबिस घण्टामा १ हजार ४७३ जनाको पीसीआर र १ हजार ५६८ जनाको एन्टीजेन विधिबाट कोरोना परिक्षण गरिएको थियो ।

मन्त्रालयका अनुसार सोही अवधिमा ५९ जना संक्रमित निको भएका छन् ।

हाल देशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या १ हजार ४३९ जना रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको तथ्याङ्क अनुसार हालसम्म नेपालमा ११ लाख २२ हजार ३३६ जनामा कोरोना संक्रमण भइसकेको छ । संक्रमितमध्ये ९८.६ प्रतिशत निको भइसकेका छन् । कोरोना भाइरस संक्रमणका कारण हालसम्म नेपालमा ११ हजार ९५३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ४ : १५ बजे

सञ्चारमन्त्री खरेलद्वारा ज्यापू सङ्ग्रहालयको अवलोकन

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुरस्थित ज्यापु

राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

मोरङ । आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको

मुस्ताङमा सन् २०२५ मा विदेशी पर्यटकको सङ्ख्या १८ प्रतिशतभन्दा बढीले वृद्धि

मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन

आजको मौसम : तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

ललितपुर । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले

रानीकोटदेखि नगकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास

भक्तपुर । अङ्ग्रेजी नयाँ वर्ष-२०२६ आजदेखि सुरु भएको छ ।