२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

कोरोनाका कारण थप दुई जनाको मृत्यु, ३४७ जना नयाँ संक्रमित थपिए



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो चौबिस घण्टामा थप दुई जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको चौबिस घण्टामा नेपालमा ३४७ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् ।

पीसीआर विधिबाट २ हजार ३६० र एन्टीजेन विधिबाट १ हजार ५२८ गरी कुल ३ हजार ८८८ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण भएको पाइएको हो ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा ११ लाख २५ हजार ११४ जनामा कोरोना संक्रमण भएको पुष्टी भइसकेको छ ।

पछिल्लो चौबिस घण्टामा ९५ जना संक्रमित निको भएका छन् । हाल देशभर सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ३ हजार १७७ रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ५ : १५ बजे

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक

जन्मसिद्ध नागरिकतामा फेरि कडाइ गर्न ट्रम्पको नयाँ कदम

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकताको अधिकारमा

प्रतिनिधिसभाको बैठक आज, पाँच विधेयक संसद्मा प्रस्तुत गरिने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका

वर्षाले सडक सञ्जाल प्रभावित, यात्रामा सावधानी अपनाउन अनुरोध

काठमाडौं । वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा