१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

पहिरोको पिरलोमा सर्वसाधारण



ताप्लेजुङ । ताप्लेजुुङको सिरिजङ्घा गाउँपालिका–५ पेदाङस्थित मुक्तुरा बस्तीका सात घर परिवार गत वर्ष गएको पहिरोका कारण विस्थापित बने ।

बस्तीको बीच भागबाट ठूलो पहिरो झरेपछि उनीहरु अन्यत्रै सरेका हुन् । पहिरोको आसपासका १० घर परिवार अहिले जोखिम मोलेर बसेका छन् । निरन्तरको झरीले रातभर ढुक्कले सुत्ने अवस्था छैन । केही दिनयता निरन्तर वर्षा भइरहेको छ । शनिबार राति ठूलो वर्षा भएपछि त्यहाँका वडाध्यक्ष पूर्ण लिम्बूले राति नै फोन गरेर सतर्क र सुरक्षित रहन आग्रहसमेत गरे ।

यता फक्ताङलुङ गाउँपालिका–४ इखाबुस्थित रानी आधारभूत विद्यालय आसपासका बासिन्दा गत असार २ गते यता पहिरोको त्रासमा छन् । असार २ गते माथिबाट झरेको पहिरोले सोही विद्यालयको भवन नै बगाएको र बस्तीमा पहिरोको थप जोखिम भएको भन्दै स्थानीय तीन घर परिवार आजकल छिमेकीको घरमा गएर सुत्ने गरेका छन् ।

‘पानी नपर्दा घरैमा सुत्छौँ, पानी पर्ना साथ छिमेकिको घरमा पुग्छौँ, ज्यान जोगाउनै पर्‍यो’, स्थानीय भक्त लाबुङले भने । विद्यालयको चार कोठे भवनसँगै लाबुङको समेत भान्सा घर र सुँगुर बगाएको थियो । केही दिनयता निरन्तर पानी परिरहेको र पहिरो झरिहाल्छ कि भन्ने पिरले राति सुत्न छिमेकीकहाँ जाने गरेको लाबुङले बताए ।

तमोर नदी किनारमा पर्ने दोभान बजारलगायतका बासिन्दालाई पनि बाढीले बगाउला कि भन्ने पिर छ । मनसुन सक्रिय भएसँगै जिल्लाका अधिकांश क्षेत्रका बासिन्दा पहिरोको पिरलोमा परेका छन् । बर्सेनि यो जिल्लामा पहिरोले क्षति पुर्‍याउँदै आएको छ । चार वर्षअघि मात्रै जिल्लाको लिवाङ, खोक्लिङलगायतका ठाउँमा पहिरोले ५९ जनाको ज्यान गएको थियो भने सयौँ रोपनी खेतीयोग्य जमीन बगाएको थियो ।

पछिल्लो समयमा ग्रामीण क्षेत्रमा खनिएका सडकले समेत पहिरोको जोखिम बढाएको स्थानीयवासी बताउँछन् । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार विपद् व्यवस्थापनमा स्थानीय तहसमेत जिम्मेवार छ तर स्थानीय तहले भने विपद्का घटना तथा जोखिम न्यूनीकरणका लागि प्रभावकारी योजना तथा कार्यक्रम बनाउन नसकेको भन्दै सर्वसाधारणले गुनासो गर्ने गरेका छन् ।

यता जिल्ला विपद् व्यवस्थापन समितिले गएको शुक्रबार बैठक बसेर सबै सुरक्षा एकाइलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ । स्थानीय तहका प्रमुख साथै वडाध्यक्षहरुलाई समेत विपद्का घटनाको जोखिम व्यवस्थापनका लागि ध्यान दिन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष डोरेन्द्र निरौलाले जानकारी दिए । रासस

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  १० : २८ बजे

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत क्षेत्रमा हालै

सिरहाको गोलबजारमा रहेको एबी मलमा आगजनी

काठमाडौं । सिरहाको गोलबजारमा जारी प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले एबी मलमा

सामाजिक सद्भाव कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संवेदनशील परिस्थितिमा उच्च संयमता

सामाजिक र धार्मिक सद्भाव जोगाउन पूर्वराजा ज्ञानेन्द्रको अपिल

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरी घटनापछि देशका विभिन्न क्षेत्रमा

सिरहाको लहानमा पनि अनिश्चितकालीन कर्फ्यु

सिरहा । सिरहाको लहान क्षेत्रमा पनि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन