२ माघ २०८२, शुक्रबार | January 16, 2026

दुर्गा प्रसाईंले भने – एमाले कार्यकर्ताले दुर्व्यवहार गरे



काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूमाथि कालोमोसो दल्ने एमाले कार्यकर्ता भएको आरोप लगाएका छन्।

प्रसाईंले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए। पत्रकार सम्मेलन सकेर बाहिर निस्किने क्रममा अज्ञात व्यक्तिले उनीमाथि कालोमोसो दलेका थिए।

प्रसाईले उक्त घटनामा एमालेका कार्यकर्ता संलग्न रहेको आरोप लगाएका छन्। आफूले सर्वहारा वर्गको पक्षमा वकालत गर्दा एमालेका कार्यकर्ताले आफूमाथि दुर्व्यवहार गरेको उनको भनाइ छ।

देशमा देखिएका विभिन्न समस्याका विषयमा राखिएको छलफल कार्यक्रमलाई सम्बोधन गरिसकेपछि गाडी चढ्ने बेलामा रंग(पानीले भरेको बोतलबाट एमालेका कार्यकर्ताले आफूमाथि छ्यापेको उनको आरोप छ।

प्रसाईं आफैंले गत वर्ष फागुनमा बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर ‘कालोमोसो दस्ता’ घोषणा गरेका थिए।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ५ : २४ बजे

काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेको राजीनामा

काठमाडौं । काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट

पुरानो मानसिकता, सोच र शैलीले अब देश चल्दैन प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट

भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

तनहुँ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित

एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयले आसन्न फागुन