५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा दुर्गा प्रसाईंका ५ समर्थक पक्राउ



काठमाडौं । प्रदर्शनका क्रममा बिहीबार बल्खुमा प्रहरीमाथि ढुंगामुढा गर्ने दुर्गाप्रसाईंका पाँच जना समर्थकलाई प्रहरीले गिरफ्तार गरेको छ ।

ती पाँचजनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्रउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ परेकाहरुमा मुनेन्द्र राजभण्डारी, सतिष न्यौपाने, अनुप शाही, आवास खड्का छन् । अर्का एकजनाको नाम प्रहरीले खुलाएको छैन ।

प्रहरीमाथि ढुंगामुढा गर्ने, गुलेलीले हिर्काउने र तोडफोडमा उत्रिएर अराजकता फैलाएको आरोपमा उनीहरु पक्राउ परेका हुन् । यस्तो कार्यमा संलग्न अन्य व्यक्तिहरुको पनि खोजी भैरहेको प्रहरीले जनाएको छ ।

बिहीबार बल्खुमा भएको प्रदर्शनमा झडपहुँदा पाँच प्रहरीसहित २८ जना घाइते भएका थिए।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ११ : १० बजे

काठमाडौँमा गत माघमा ९७६ अपराधका मुद्दा दर्ता

काठमाडौँ । काठमाडौँ जिल्लामा गत माघ महिनामा ९७६अपराधका मुद्दा दर्ता

मतपत्र छपाइ सकियो, १० दिनभित्र सबै ठाउँमा मतपत्र पुग्ने

भक्तपुर । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

झापा-५ मा आज ओलीको चुनावी प्रतिबद्धता-पत्र सार्वजनिक हुँदै

झापा । नेकपा एमालेका अध्यक्ष तथा झापा-५ बाट प्रतिनिधिसभा सदस्य

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको

ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा