काठमाडौं । प्रदर्शनका क्रममा बिहीबार बल्खुमा प्रहरीमाथि ढुंगामुढा गर्ने दुर्गाप्रसाईंका पाँच जना समर्थकलाई प्रहरीले गिरफ्तार गरेको छ ।
ती पाँचजनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्रउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ परेकाहरुमा मुनेन्द्र राजभण्डारी, सतिष न्यौपाने, अनुप शाही, आवास खड्का छन् । अर्का एकजनाको नाम प्रहरीले खुलाएको छैन ।
प्रहरीमाथि ढुंगामुढा गर्ने, गुलेलीले हिर्काउने र तोडफोडमा उत्रिएर अराजकता फैलाएको आरोपमा उनीहरु पक्राउ परेका हुन् । यस्तो कार्यमा संलग्न अन्य व्यक्तिहरुको पनि खोजी भैरहेको प्रहरीले जनाएको छ ।
बिहीबार बल्खुमा भएको प्रदर्शनमा झडपहुँदा पाँच प्रहरीसहित २८ जना घाइते भएका थिए।



















प्रतिक्रिया