७ श्रावण २०८३, बिहिबार | July 24, 2026

जग्गा उपहार प्रकरणमा बिरोध गर्ने तीन एमाले नेतालाई स्पष्टीकरण



काठमाडौं । मीनबहादुर गुरुङबाट एमालेले स्वीकार गरको जग्गा उपहार प्रकरणमा सार्वजनिक अभिव्यक्ति दिएको भन्दै नेकपा एमालेले आफ्ना तीन नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पूर्व उपाध्यक्ष भीम राव सहित तीन नेताहरुलाई कारवाही स्वरुप स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । स्पष्टीकरणमा पर्नेहरुमा स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिना समेत रहेका छन् ।

केन्द्रीय कार्यालय भवन निर्माणबारे पार्टीले गरेको निर्णय विपरीत सार्वजनिक अभिव्यक्ति दिएकाले पाण्डे र तिमिल्सिनासँग स्पष्टीकरण सोध्ने निर्णय भएको र लगातार पार्टी निर्णय विरुद्ध अभिब्यक्ति दिएको अभियोगमा नेता रावललाई स्पष्टीकरण सोध्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले बताए ।

गत २४ असोजमा बसेको एमाले सचिवालय बैठकले व्यावासायी मीनबहादुर गुरुङबाट १० रोपनी १४ आना जग्गा सहित एक अर्ब बराबरको केन्द्रीय कार्यालय भवन दानमा लिने निर्णय गरेको थियो ।

उक्त निर्णयप्रति पाण्डे र तिमिल्सिनाले सार्वजनिक रुपमै असन्तुष्टि जनाएका थिए । रावलले पनि एक टेलिभिजन अन्तर्वार्तामा सो प्रकरण गलत भएको बताएका थिए । पूर्व उपाध्यक्ष समेत रहेका रावललाई जग्गा दान प्रकरण सहित पार्टीको निर्णयप्रति लामो समयदेखि फरक मत राख्दै आएकाले स्पष्टीकरण सोध्ने निर्णय गरेको बताईएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ७ : ४१ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी