२२ भदौ २०८३, सोमबार | September 8, 2026

बाँकेबाट ठुलो परिमाणमा लागु औषध ब्राउनसुगर सहित एकजना पक्राउ



नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणको लागु औषध ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाँके जानकी गायँपालिका ५ बुडिया गाउँबाट ३९ ग्राम ६० मिली ग्राम ब्राउन सुगर सहित स्थानीय ६६ वर्षिय रम्मन खानलाई पक्राउ गरेको हो ।

बुडियागाउँमा लागु औषधको कारोबार भई रहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागु औषध ब्यूरो नेपालगंज शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागी चेकजाँच गर्ने क्रममा रम्मन खानको साथबाट शुद्ध तोल ३९ ग्राम ६० मिली ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । खानबाट नगद रु. ४२ हजार ६५० र भे ६ प ३३०७ नम्बर को १५० सी.सी. को पल्सर मोटरसाईकल बरामद भएको बाँके प्रहरीका सुचना अधिकारी यामबहादुर मल्लेले जानकारी दिए ।

पक्राउ परेका रम्मन खाँ लाई नियन्त्रणमा लिई थप अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ९ : ५८ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार