३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु



मोरङ । विराटनगरमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

विराटनगरस्थित कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचाररत थप एक जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

मोरङको जहदा गाउँपालिका ६ का ६० वर्षीय पुरूष संक्रमणबाट मृत्यु भएको उपचार केन्द्रका संयोजक चिकित्सक दीपक सिग्देलले बताए ।

उनको उपचारका क्रममा बुधबार बिहान करिब ४ बजे मृत्यु भएको सिग्देलले जानकारी दिए । कोरोना पोजिटिभ भएसँगै ४ असोजमा भर्ना गरिएका बिरामीमा दीर्घ रोग मधुमेह तथा उच्च रक्तचापको समस्या थियो ।

स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि ६ असोजको राति पौने ८ बजेदेखि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको गरिएको थियो । यस क्रममा बिरामीमा रेमडेसिभर औषधि समेत चलाउँदै आएको थियो ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमणबाट ६८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ८ : १५ बजे

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

मुस्ताङ । माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा निर्मित पाँच शय्याको आधारभूत

पोलको मर्मत तथा नयाँ जडान गर्न काठमाडौंका यी स्थानमा काटिदैछ आज बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा आज

ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले एलपी ग्यासको बिक्री-वितरणलाई थप

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय

रुपन्देहीमा ग्यास आयात नियमित भएपनी बजारमा किन भयो अभाव ?

सिद्धार्थनगर । भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै