१६ चैत्र २०८२, सोमबार | March 30, 2026

मंगलबार केही घटे संक्रमित; ८२०३ नयाँ संक्रमित थपिए, ६८९१ संक्रमणमुक्त, १९६ को मृत्यु



काठमाडौं । मंगलबार कोरोना भाइरसका ८ हजार २०३ नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो अपडेट अनुसार सोमबारको तुलनामा झण्डै एकहजार संक्रमित मंगलबार घटेका छन् । यस्तै मृतकको संख्या पनि घटेको छ भने निको हुनेको संख्या मंगलबार बढेको छ ।

मन्त्रालयका अनुसार २० हजार ९८९ जनामा परीक्षण गर्दा ८ हजार २०३ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबार ६ हजार ८९१ जना संक्रमण मुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १९६ जना संक्रमितको ज्यान गएको पनि मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ५ हजार ४११ पुगेको छ ।

मन्त्रालयका अनुसार कोरोना महामारी सुरुभएदेखि आजसम्म ४ लाख ७२ हजार ३५४ जनामा संक्रमण देखिएको छ । यसमध्ये ३ लाख ५२ हजार ४१४ जना संक्रमण मुक्त भएका छन् भने १ लाख १४ हजार ५२९ जना आइसोलेसनमा रहेका छन् । यस्तै ७५२ जना विभिन्न क्वारेन्टिमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ५ : ३७ बजे

मङ्गलबार हावाहुरीसहित भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा मङ्गलबार मेघगर्जन, चट्याङ र हावाहुरीसहित

प्रि-मनसुन : चैते धानलाई अनुकूल

काठमाडौं । देशका अधिकांश स्थानमा केही दिनयता निरन्तर रूपमा परेको

पुनः श्रम स्वीकृतिमा ‘क्यू फ्री’ व्यवस्था, आवेदन दिएकै दिन स्वीकृति पाइने

काठमाडौं । पुनः श्रम स्वीकृतिका लागि आवेदन दिएकै दिन कोटा

मुस्ताङको लेते-धम्पु पुल निर्माणमा ढिलासुस्ती

मुस्ताङ । मुस्ताङस्थित थासाङ गाउँपालिकामा निर्माणाधीन (लेते–धम्पु) प्रिस्टेज पुल निर्माण

पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्कालाई