१६ श्रावण २०८३, शनिबार | August 1, 2026

तिलाेत्तमामा आकस्मिक रक्तदान, १ सय १ युनिट संकलन



बुटवल । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलाेत्तमा शाखाकाे आयाेजना तथा जागृति युवा क्लबकाे संयाेजनमा आकस्मिक रक्तदान सम्पन्न भएको छ । तिलाेत्तमा २ स्थित क्लबको कार्यालय परिसरमा भएको आकस्मिक रक्तदानमा २ जना काेराेना जितेका युवाकाे प्लाज्मासँगै १ सय १ जना स्वयंसेवी रक्तदाताले रक्तदान गरेका छन् ।

नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखाका अध्यक्ष कृष्ण चाैहान क्षेत्रीले कार्यक्रमको उद्घाटन गर्दै रगत तथा रक्ततत्व अभाव हुन नदिने उद्धेश्यका साथ कार्यक्रम गरिएको बताए ।

नेपाल रेडक्रस साेसाइटी,रक्त संचार केन्द्र बुटवल र भैरहवाकाे प्राविधिक सहयाेगमा स्वास्थ्य मापदण्ड पालना गर्दै कार्यक्रम गरिएको रक्तदाता समाजकाे तिलाेत्तमा नगर शाखाका अध्यक्ष गाेविन्द भुसालले बताए । नगर गठन पछि याे पहिलाे कार्यक्रम गरेसँगै नियमित मासिक रक्तदान श्रृङ्खला सन्चालन गर्ने उनले प्रतिवद्घता जनाए ।

ए= आई= पाैडेल ट्रेडर्स याेगिकुटीद्वारा प्रायाेजित गरिएको कार्यक्रममा नेपाल रेडक्रस साेसाइटी मणिग्राम उपशाखाका सभापति एवम् शिक्षाविद् टेकबहादुर थापा, जागृति युवा क्लबका अध्यक्ष विदुर केसी समाजका उपाध्यक्ष पुर्णचन्द्र सुवेदी, सचिव प्रेम नेपालीले नगरमा विगतबाट नै नया र रचनात्मक कामका लागि आफुहरु एकतावद्घ भएर लागेको भन्दै यसलाई निरन्तरता दिने बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ४ : १० बजे

बाँके र बर्दियाका यातायात व्यवसायीहरुले क्यान्सर रोगका बिरामीहरुलाई निःशुल्क यातायात सेवा दिने

नेपालगन्ज । बाँके र बर्दियामा क्रियाशिल यातायात व्यवसायीहरुले क्यान्सर रोगका

कुबेत आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको पार्थिव शरीर स्वदेश ल्याइँदै

काठमाडौं । परराष्ट्र मन्त्रालयले कुबेतमा भएको आक्रमणमा परी निधन भएका

सामाजिक सद्भाव जोगाउन नागरिक अगुवाहरूको अपिल

काठमाडौं । नागरिक अगुवाहरूले देशका विभिन्न भागमा फैलिएको साम्प्रदायिक तनाव

सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

कांग्रेस संस्थापन इतरद्वारा राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी राष्ट्रिय भेलालाई व्यवस्थित