२९ मंसिर २०८२, सोमबार | December 15, 2025

२४ घण्टामा कोरोनाका २०६५ नयाँ संक्रमति थपिए, २३३७ संक्रमणमुक्त, २५ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका २ हजार भन्दा बढी संक्रमित थपिएका छन् ।

१३ हजार १११ नमुना परीक्षण गर्दा २ हजार ६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट १ हजार ५७७ जनामा संक्रमण देखिएको छ । यस्तै, एन्टिजेन परीक्षणबाट ४८८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा २ हजार ३३७ जना संक्रमित निको भएका छन् । संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या २७२ बढी रहेको छ । यसै अवधिमा २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालमा आज ३७ हजार ५९९ जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये भेन्टिलेटरमा १७१ जना रहेका छन् । यस्तै आईसीयूमा ६२२ जनाको उपचार भैरहेको छ ।

प्रकाशित मिति : ११ भदौ २०७८, शुक्रबार  ४ : २२ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार