२३ असार २०८३, मंगलबार | July 7, 2026

एमाले अध्यक्ष ओली सोमबार साँझ बुटवल पुगे, मंगलबार कपिलवस्तुमा जसपा नेता कार्यकर्तालाई ओलीले एमाले भित्राउँदै



बुटवल । कपिलवस्तुमा जनता समाजवादी पार्टीको नेताहरुलाई नेकपा एमाले प्रवेश गराउन जाने क्रममा सोमबार साँझ एमाले अध्यक्ष केपी ओली बुटवल पुगेका छन् । सोमबार राती ८ बजे भैरहवा स्थित बिमानस्थलमा अवतरण गरेका अध्यक्ष ओली तिलोत्तामाको मणिग्राम स्थित ड्रिमल्याण्ड गाल्ड रिसोर्टमा बास बसेका छन् ।

मंगलबार दिउँसो कपिलवस्तुको बहादुरगन्जमा पुराना नेता मंगलप्रसाद गुप्तासहित जसपा र अन्य पार्टीका नेताहरुलाई एमाले प्रवेश गराउने क्रममा कसपलव्स्तु पुग्ने क्रममा ओली बुटवल पुगेका हुन् । पूर्व सांसद गुप्ता २०७४ को निर्वाचनमा कपिलबस्तु ३ बाट संघीय समाजवादी फोरमको उम्मेदवार थिए । जिल्लामा निकै लोकप्रिय मानिएका गुप्ता सहित उनका सहकर्मीहरुको एमाले प्रवेशले कपिलवस्तुमा एमालेको संगठन थप बलियो हुने एकाले नेताहरुले अपेक्षा गरेका छन् ।

मौसमका कारण बिमान उड्ने अनिश्चित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै अध्यक्ष ओली पार्टी प्रवेश कार्यक्रमको अभिल्लो दिन नै बुटवल पुगेका एमालेले जनाएको छ ।

गत मंसिर १ गते बाँकेको नेपालगन्जमा हृदयश त्रिपाठी निकट रहेर राजनीति गरिरहेका नेता पशुपति दयाल मिश्रसहितका सयौं कार्यकर्ताहरु एमाले प्रवेश गरेका थिए । उनीहरुलाई एमाले प्रवेश गराउन पनि ओली नेपालगन्ज पुगेका थिए ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  १० : ४५ बजे

सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

काठमाडौं । सरकारले सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित आवागमन सुनिश्चित

ठमेलमा बढे भारतीय पर्यटक, पोखराका होटलसमेत भरिभराउ

काठमाडौं । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय

बुटवलबाट काठमाडौंतर्फ जादैं गरेको ईभी भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते

नवलपरासी । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका-४ तारेभिरस्थित पूर्व-पश्चिम राजमार्गमा ईभी

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज