७ आश्विन २०८३, बुधबार | September 23, 2026

कोरोनाको तेस्रो लहर विरुद्ध जुध्न खजुरा गाँउपालिका तयारी अवस्थामा



खजुरा । सीमानाकाबाट हरेक दिन नेपाल भित्रनेहरुमा कोरोना संक्रमण पष्टि हुन थालेपछि बाँके जिल्लाका स्थानीय तहहरुले सम्भाव्य कोरोनाको तेस्रो लहरसँग जुध्न तयारी सुरु गरेका छन् । बाँकेको खजुरा गाँउपालिकाले कोरोना संक्रमणको दर बढेसँगै त्यस विरुद्ध लड्ने तयारी गरेको जनाएको छ ।

पहिलो र दोस्रो कोरोनाको लहरका बेला पनि उत्कृष्ठ कार्यक्रम सहित संक्रमण विरुद्ध उभिएको खजुराले तेस्रो लहरको सम्भावनाका विरुद्ध पनि पूर्व तयारी गरेको जनाएको छ । गाँउपालिकाले विगत देखि संचालनमा ल्याएको जनकशिक्षा केन्द्रको भवनमा रहेको आइशोलेसन केन्द्रको स्तर उन्नती गर्दै ४० बेडको सेवा दिन सक्ने बनाइएको र वार्ड नम्बर १ मा पनि आवश्यक परेको बेला चिकित्सक सेवा दिन सक्ने गरि १० बेडको आइशोलेसन केन्द्र तयारी अवस्थामा राखिएको गाँउपालिकाका कार्यकारी प्रमुख मनिराम खरालले जानकारी दिए । गाँउपालिकाको आइशोलेसनसँगै क्यान्सर अस्पताल रहेका कारण जुनसेकैबेला चिकित्सक सुबिधा दिन सक्ने गरि आइशोलसन बनाइएको खरालले बताए ।

खजुरा गाँउपालिकामा पहिलो लहरमा ४ जनाले र दोस्रो लहरमा ३७ जना गरि अहिले सम्म ४१ जना नागरिकले कोरोना संक्रमणबाट ज्यान गुमाएको गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेलले बताए । खजुरामा पहिलो लहरमा ३८६ जना संक्रमित भएका थिए भने दोस्रो लहरमा ८१० र तेस्रो लहरको अहिले सम्ममा ८० जनामा संक्रमिण पुष्टि भईसकेको पौडेलले बताए । गाँउपालिकासँग एकजना चिकित्सक सहित ५६ जना स्वास्थ्यकर्मीहरु सम्भाव्य तेस्रो लहरसँग लढ्न तयारी अवस्थामा राखिएको उनले बताए ।

कोरोनाको पहिलो लहरमा बाँकेका कतिपय स्थानीइ तहले आइशोलेसन र होल्डिङ सेण्टर बनाउन अस्विकार गरेका बेला खजुराको क्यान्सर अस्पतालले संक्रमितहरुलाई सेवा दिएको थियो ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहिबार  ३ : ५३ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज