काठमाडौं । जनता समाजवादी पार्टी जसपाले प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मतको मतदानमा सांसदहरुलाई ह्वीप नलगाउने भएको छ । जसपाको आज बसेको पदाधिकारी बैठकले सरकारको पक्ष या विपक्षमा सांसदहरुलाई मतदानमा भाग लिन, तटस्थ बस्न या पक्ष विपक्षमा मतदान गर्न सांसदहरुकै स्वविवेकमा छोडिदिने निर्णय गरेको हो । जसपाभित्र ओलीको विरुद्धमा मतदान गरी नयाँ सरकार बनाउनुपर्ने…