काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठकमा सहभागी नहुन सदस्यहरुलाई आग्रह गरेका छन् । अध्यक्ष प्रचण्डले शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको त्यस्तो बैठकमा सहभागी नहुन संवैधानिक परिषद्का सबै सदस्यहरुसँग आग्रह गरेका हुन् । प्रचण्डले विज्ञप्तिमा भनेका छन्, ‘संविधानको मर्म र भावना विपरित संवैधानिक निकायहरुलाई…