काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समुहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठक काठमाडौंको बबरमहलस्थित एक पार्टी प्यालेसमा सुरु भएको हो । नेकपाका वैधानिक ४४१ सदस्यीय केन्द्रीय कमिटीमा ६५ प्रतिशत बढी केन्द्रीय सदस्यहरु प्रचण्ड–नेपाल समुहका रहेका छन् । केन्द्रीय कमिटी बैठक बस्नुअघि एजेण्डा तय गर्न स्थायी कमिटीका सदस्यहरुबीच छलफल भएको थियो ।…