२६ असार २०८३, शुक्रबार | July 10, 2026

संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज (साम्पाङ)राईले संविधानका आधारभूत संरचनालाई यथावत राखेर अन्य विषयमा संशोधन गर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै उनले संविधान संशोधनको सवालमा गम्भीर हुनुपर्ने बताए । “संविधानको आधारभूत संरचनालाई यथावत राखेर अन्य विषय संशोधन गर्न सक्छौँ । संशोधनमा हामी गम्भीर हुनुपर्छ, यो जानिएन भने समस्या हुने…