१४ भदौ २०८३, आइतबार | August 30, 2026

कलिला विद्यार्थीमाथि गोली प्रहार गर्नु सरकारको निरंकुश चरित्र : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जेन-जी आन्दोलनमाथि सरकारले गरेको दमनप्रति कडा आपत्ति जनाएका छन्। सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिंदै उनले कलिला विद्यार्थीमाथि गोली प्रहार गर्नु सरकारको निरंकुश चरित्र भएको टिप्पणी गरेका हुन्। कोइरालाले लेखेका छन्, “जनताप्रति अनुत्तरदायी र जनताको आवाज बुझ्न नसक्ने क्रुर सरकारले हातमा किताब–कापी बोकेका आफ्नै भविष्यका आधारस्तम्भ…