काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्षमाधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषद विस्तार हुने बताएका छन् । काठमाडौंको मिनभवनमा पार्टीको केन्द्रीय कार्यालय उद्घाटनपछि संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले एकहप्ताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका हुन् । नेपालले आफ्नो पार्टीकोतर्फबाट मन्त्रिपरिषद् विस्तारमा कुनै समस्या नभएको बताए । सरकारमा जान आफुहरु आज भने आज भोलि भने भोलि तयार रहेको…