काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालको रिस शान्त नभएसम्म पार्टी एकता संभव नहुने बताएका छन् । राष्ट्रियसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष गौतमले अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल एकअर्कोसँग रिसाएको बताए । दुवै नेताको रिस नथामिएसम्म दोस्रो तहका नेताको प्रयासले सार्थकता नपाउने गौतमले बताए…