९ भदौ २०८३, मंगलबार | August 25, 2026

रवि विरुद्धको संगठित अपराधको अभियोग काठमाडौं जिल्ला अदालतबाट पनि फिर्ता

काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको छ। अदालतले भने सहकारी ठगीसम्बन्धी मूल अभियोगलाई यथावत् राखेको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश आत्मदेव जोशीको इजलासले शुक्रबार मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले दायर गरेको…