काठमाडौं । जनता समाजवादी पार्टी महन्त महतो समूह र ओली सरकारकाबीच सत्ता समिकरणको मुख्य एजेण्डा बन्दै आएको जसपा नेता एवं निलम्बित सांसद रेशमलाल चौधरीको रिहाईका बिषयमा सरकारले थारु कल्याणकारिणी सभासँग पनि सहमती जनाएको छ । सरकार र कल्याणकारिणी सभाबीच आज भएको ६ बुँदे सहमतिमा पनि विघटित प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीको रिहाई गर्ने सहमती भएको हो…