काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रिया सुरु गर्नु संविधान फाल्ने षड्यन्त्र भएको टिप्पणी गरेका छन् । राष्ट्रपति भण्डारीले वैकल्पिक सरकार गठनको आह्वान गरे लगत्तै बिहीबार सामाजिक सञ्जाल फेसबुकमा उनले धारा ७६ (५) को सरकार गठनको प्रक्रिया सुरु गर्न २४ घण्टा पनि समय नदिनु…